भोलि देखि राहदानी वितरण सुरु हुने

दीपक भण्डारी

पोर्चुगल लिस्वन २६ मङ्सिर

पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी भोलि अर्थात (डिसेम्बर 12 तारिख) देखि वितरण सुरु हुने भएको छ ।

राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी अहिले वितरण गर्न थालिएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट नभएर सास्ती भोग्नु परेको चौतर्फी गुनासो आए पछि पराराष्ट्र मन्त्री आर्जु राणा देउवाको ठाडो आदेशमा भोलि देखि वितरण सुरु गर्न लागिएको हो ।

राहदानी वितरणको लागि राजदुत शुधिर भट्टराई स्वयम आज नै पोर्चुगल आउनु हुने अध्यक्ष दीपा काफ्ले ले जानकारी दिनु भयो । एनआरएनए पोर्चुगलको अध्यक्ष दीपा काफ्ले नेतृत्वको टोलिले मन्त्री राणालाई आग्रह गरेको थियो । एनआरएनए पोर्चुगलको सहयोग र समन्वयमा लिस्वनबाट वितरण गरिने अध्यक्ष दीपा काफ्लेले बताउनु भयो ।