एन आर एन ए पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले, अत्याचारको विरुद्धको सफलताको सुरुवात : हमाल

१७ मङ्सिर लिस्बोन पोर्चुगल ।

गैर आवासीय नेपाली सघ पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमाल ले पोर्चुगलमा आम सर्बधारणको सास्ति भोग्नु परेको प्रती दु:ख ब्यक्त गर्नु भएको छ ।

पोर्चुगल सरकारले उपलब्ध गराउने अस्थायी बसोबास परिचय पत्र ( टि आर सि ) बनाउन नेपालिहरुलाई निकै सास्ती भोग्नु पर्यो,चाहे पुलिस रिपोर्ट बनाउने बिषय मा होस या पासपोर्ट नविकरण गर्ने सवाल मा दलालहरु मार्फत काम गराउनु पर्दा नेपाली दाजुभाईलाई निकै सास्ती भोग्नु परेको छ उहाको भनाई थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका सस्थापक अध्यक्ष हमाल ले आगामी दिनको लागि आधिकारिक अध्यक्ष दीपा काफ्ले नै भएको बताउदै एन आर एन ले गर्नु पर्ने जुनसुकै कार्यमा पनि आफ्नो सहभागीता र सहयोग रहने बताउनु भएकोछ । कार्यक्रममा उहाले अध्यक्ष दीपा काफ्लेलाई प्रमाणपत्र समेत हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रम मा बोल्दै एन आर एन ए केन्द्रिय सह कोषाध्यक्ष तिलक गैरेले निवर्तमान अध्यक्षको बालहटको कारण ले एनआरएनए पोर्चुगल मा धेरै समस्या आएको बताउनु भयो । एनआरएनए केन्द्रिय समितिले दुई महिना भित्र समस्या समाधान गर्नु र पुर्वसहमति लाई कार्यान्वयन गर्नु भनी गरेको निर्देशन समेत लत्याएको उहाको आरोप थियो ।

कार्यक्रम मा पुर्व अध्यक्षहरु लक्ष्मी प्रसाद सापकोटा , रमेश गुरुङ्ग, रबिन अधिकारी लगाएतले यो एनआरएनमा भुइमान्छेहरुको सहज पहुच रहने अपेक्षा गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न पेसागत सघ संगठन का प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना ब्यक्क्त गर्नु भएको थियो ।