सुतेको एन आर एन ए पोर्चुगललाई पुन विउझाउने प्रयास सुरु ।
लिस्बोन २५ मङ्सिर । नेपालिहरुको हक हितका लागि स्थापना गरिएको गैर आवासीय नेपाली सघ पोर्चुगल अब पुन: कृयाशिल बनाउने प्रयास सुरु गरिने भएको छ ।
एन आर एन ए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमाल ले एक प्रेस बिग्यप्ती जारी गर्दै आम भेलाको आयोजना गरि पुन: सस्थालाई नया जीवन दिने बताउनु भएको छ । अध्यक्ष हमालका अनुसार बिगतका दिनहरुमा सघले निकै राम्रो काम गरे पनि पछिल्लो समयमा लोभ, विवाद, र सामाजिक सन्जालमा धेरै नकारात्मक समाचार सार्वजनिक हुनु नै दुखद भएको बताउनु भएको छ । यति खेर पोर्चुगलले दिने अस्थाई बसोबास परिचय पत्र दिने बेला सेवाग्राहीले कागजात बनाउन महङ्गो पैसा तिर्नु परेको , दलाल मार्फत काम गर्नु पर्दा झन मर्कामा परेको लगाएत उल्लेख छ । यहि डिसेम्बर 30 तारिख का दिन आम भेलाको आयोजना गरि सस्थालाई पुन जिबन्त दिने अध्यक्ष हमालले बताउनु भएको छ । यस अघि 30 जुलाई 2023 मा सम्पन्न नवौ महाधिवेशन ले गरेको निर्णय कार्यन्वयन मा समस्या देखिएको ले पनि आफुले हेरेर बस्न नसक्ने बताउनु भएको छ ।
प्रतिकृया दिनुहोस्