सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनपर्छ : कांग्रेस नेता पौडेल

काठमाडौं,। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै पौडेलले एक क्विन्टल सुन बरामद प्रकरणको सत्यतथ्य छानबिन गरि दोषिलाई कारबाही गर्न छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले समिति गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्र तयार नभए कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए ।

पौडेलले भने,‘प्रधानमन्त्री र गृहमन्त्री छानबिनका समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदी उहाँहरू तयार भएर प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ’