अविरल वर्षाले हवाई उडान प्रभावित

काठमाडौँ २९ साउन । प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ।

पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।