काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

बिष्णु न्यौपाने

प्यूठान / प्यूठानकाे नौबहिनी गाउँपालिकाले परम्परागत काठका भाँडा बनाउने पेशाकाे संम्रक्षणका लागि काम अगाडि बढाएकाे छ ।
स्थानिय स्तरमा पहिले देखि गरिदै आएकाे काठबाट भाँडा बनाउने पेशालाई आधुनिक प्रबिधियुक्त बनाई जिविकाेपार्जमा सहयाेग पुराउने उदेश्यले गाउँपालिकाले काठका भाँडा निर्माण सम्बन्धि तालिमकाे आयाेजना गरेकाे हाे ।
नौबहिनी ८ फाेप्लीमा आयाेजना गरिएको तालिममा १० जना युवा सहभागि छन् । तालिममा सिकेकाे सीप ब्यवहारमा उतारी जीवनयापनमा केही सहज हुने सहभागी गिर बहादुर बिकले बताएका छन । पहिले पहिले हाम्रो जिजु बाजे देखि नै याे पेशा गरिए पनि हाल काठका भाडाले बजार नपाउने, पुरानाे प्रबिधिबाट काम गर्दा लागत बढि लाग्ने जस्ता समस्याले याे पेशा लाेप हुन थालेकाे स्थानिय काठका भाडा बनाउने तेज बहादुर चुदारा बताउछन् । उनले भने, `अब बिधुतिय मेसिनकाे प्रयाेगबाट भाडा बनाउदा कम समय , कम जनशक्तिबाट भाडा बनाउदा लागत कम पर्न जाने र यस्काे मुल्यमा समेत कमि आउने भएको छ ।´
विशेष गरि काठबाट दहि जमाउने ठेकि , काेशि , घ्यु राख्ने हर्पे , काठकाे गिलास जस्ता समाग्रि उत्पादन हुने गरेका छन ।

परम्परागत भन्दा आधुनिक प्रबिधिको प्रयोगबाट काठका भाँडा
१५ दिन सम्म सन्चालित तालिमबाट पुरानाे प्रबिधि भन्दा नया प्रबिधिकाे प्रयाेग कसरी गर्न सकिन्छ भन्ने बिषयमा जाेड दिएकाे गाउँपालिकाले जनाएको छ ।
काठकाे भाँडा वनाउने पेशाकाे जगेर्ना गर्न गाउपालिका निरन्तर लाग्ने र आगामि बर्षहरुमा पनि बजेट ब्यबस्थापन गरेर थप ब्यबस्थित गर्ने नौबहिनी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले बताएका छन ।
तालिम गाउँपालिकाकाे सहयाेग र इभान इन्जिनियरिङ एण्ड कन्सलटेन्सिकाे सहयाेगमा सन्चालन भएको कन्सलटेन्सिका इन्जिनियर पारस भण्डारीले बताएका छन । भण्डारीले पहिलाे पटक बिधुतिय माेटर जडान गरि तालिम दिएको र यसरी काम गर्दा जनशक्ति कम लाग्ने , कम समय लाग्ने र लागत कम लाग्ने हुदा काठकाे भाँडाकाे मूल्य समेत कम हुने बताएका छन । हाल बजारमा आएका धातुका भाँडामा जमाएकाे दहि महि अमिलाे हुने , धेरै समय राख्न नमिल्ने हुने तर काठमा जमाएकाे दहि , घ्यु ,महि स्वादिलाे हुने , धेरै समय काठकाे भाँडामा राख्न सकिन्छ ।