March 28, 2025, Friday
२०८१ चैत्र १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

टिकटक बनाउदा खोलाले बगाएर राेल्पामा किशोरीको ज्यान गयो

रोल्पा । टिकटक बनाउने क्रममा खोलाले बगाएर रोल्पामा एक किशोरीको ज्यान गएको छ । खाेलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ । 

स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीकाे सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा उनकाे शव भेटिएकाे प्रहरीले जनाएको छ ।

फरिदा खातुन, नाजुमा खातुन र अर्का एक जना गरी तीन जना किशोरी खोलाको किनारमा टिकटक बनाउँदै खेल्ने क्रममा फरिदालाई खोलाले बगाएको थियो । साथीलाई खोलाले बगाएपछि उनीहरूले नजिकै माछा मार्न गएका व्याक्तिलाई खबर गरेका थिए ।