धुलाबारीमा भएको आगलागी नियन्त्रणमा

२२ जेठ, काठमाडौं । मेचीनगरको धुलाबारीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
आइतबार बिहान १०:४५ बजे मेचीनगर-१० धुलाबारीस्थित अजित लावतीको घरमा लागेको आगो पूर्ण नियन्त्रणमा आएको र क्षतिको विवरण आउन बाँकी रहेको छ ।
लावतीकी घरमा रहेको ज्योती कोइरालाले सञ्चालन गरेको न्यू पाथिभरा भेराइटिज इलेक्ट्रोनिक्स पसलबाट बिद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर, मेचीनगर र बिर्तामोडको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा करिव १ घन्टामा आगो पूर्ण नियन्त्रणमा लिइएको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्