प्रधानमन्त्री देउवा र मेयर बालेनबीच भेटवार्ता
१८ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री देउवाले उनलाई मेयर भएको बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका ।
बालेन मेयरमा निर्वाचित भएपछि प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका थिए भने मत गणनाकै समयमा आफ्नो जित सुनिस्चित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको विषय बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस्