कन्सर्टमा गीत गाउँदागाउँदै ढले गायक कृष्ण कुमार, अस्पताल पुर्याउदा मृत घोषणा

१८ जेठ,  काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । गीत गाउँदागाउँदै हृदयघात भएका कारण उनको निधन भएको थियो ।

मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् ।

केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले हिन्दीमा दुई सयभन्दा धेरै गीत गाएका छन् ।