शेयर बजार आज दाेहाेराे अङ्कले घट्याे

१३ जेठ, काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा झरेको छ ।
आज होटल र पर्यटनबाहेक सबै समूहको शेयर घटेको छ । नेप्से घटे पनि बिहीवारको तुलनामा कारोबार रकम भने केही बढेको छ । दुई सय २३ वटा कम्पनीको ४१ लाख ४० हजार कित्ता शेयर एक अर्ब २९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सात वटा कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरै घटेको छ । बजार घटे पनि रुरु जलविद्युत् परियोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिकृया दिनुहोस्