गायक राजेश पायल बिहे गर्ने तयारीमा

१३ जेठ, काठमाडौं । हरेक अन्तर्वार्ता र भेटमा गायक राजेशपायल राईलाई बिहेको प्रश्नले पछ्याइरहन्छ । उनी प्रश्नबाट भाग्न खोज्छन् वा समय आएपछि बिहे हुने रेडिमेड जवाफ त दिन्छन् । तर पछ्याउनु प्रश्नको विशेषता नै हो । यतिबेला भने राजेशपायल राईको रिलेसनसिपलाई लिएर मनोरञ्जन वृत्तमा चर्चा छ । उनी केही महिनायता एक युवतीसँग ‘गम्भीर सम्बन्ध’मा छन् ।
सङबुङ राई नामकी ती युवती र राजेशपायलबीच डेटिङ चलिरहेको तथा चाँडै विवाहको औपचारिक घोषणा हुने तयारीमा रहेको निकट स्रोतले जनाएको छ । ‘उनीहरु जतिसक्दो चाँडो बिहे टुंगो लगाउने तयारीमा छन्,’ स्रोतले भन्यो, ‘बिहेको प्राविधिक तयारी भइरहेको छ ।’
प्राप्त तस्वीरमा उनीहरु जन्मदिन मनाउनेदेखि विशेष समारोहमा एकसाथ देखिंदै आएको देखिन्छ । ४७ वर्षीय राजेशपायल र उनकी प्रेमिका एक वर्षदेखि लिभिङ टुगेदरमा रहेको पनि चर्चा छ । सङबुङ राजेशपायलभन्दा आधा उमेरले कान्छी छिन् ।

प्रतिकृया दिनुहोस्