उदयपुरमा तीन दिनदेखि बेपत्ता युवाको शव फेला

१२ जेठ, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास शव परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय मनोज सदाको शव भेटिएको हो ।
उनी ३ दिन देखि घरबाट बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदाको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले शव फेला परेको भन्ने सूचना प्राप्त अनुसार तत्काल घटना स्थलमा पुगी अनुसन्धान गरी कानुनी पुरा गरी लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्