भुमिहिनको समस्या दुई वर्ष भित्रमा समाधान गरिने

१० जेठ, काठमाडौं । सरकारले भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताउनुभएको हो । उहाँले पुर्नस्थापनना हुन बाँकी मुक्त कमैयाहरुका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘आगामी दुई वर्ष भित्रमा भुमिहिन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ । पुर्नस्थापना हुन बाँकी मुक्त कमैया, हलिया र कम्लरी तथा मुक्त घोषणा हुन बाँकी हरवा, चरवाका लागि तिनै तहका सरकारका समन्वयमा उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने छ ।’

राष्ट्रपति भण्डारीले  राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन बताउनुभयो । उहाँले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।