रिभर फल्सको आइपिओ बाँडफाड

९ जेठ,  काठमाडौं । रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड आज सम्पन्न भएको छ । 

रिभर फल्स पावर लिमिटेड प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८,५९,२४२ वटा आवेदनहरुबाट २,१३,९४,६३० कित्ताको लागि जम्मा आवेदन परेकोमा सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट ४९,९८३ जना आवेदकहरुबाट ११,५१,१२० कित्ता सेयरलाई परेको आवेदन रद्ध गरेपश्चात बाँकी रहेको १८,०९,२५९ जना आवेदकहरुबाट प्राप्त २,०२,४३,५१० कित्ता सेयर मध्ये १,७०९ जना आवेदकहरुबाट प्राप्त १९,५०० कित्ता सेयरहरु दोहोरो आवेदन परेको र स्थानीयबासीहरुले सर्वसाधारण शेयरमा २,११० जना आवेदकहरुबाट २८,१०० कित्ताको लागि आवेदन प्राप्त भएकोले सो आवेदकहस्लाई समेत गरी जम्मा ३,८१९ जना आवेदहरुबाट प्राप्त ४७,६०० कित्ता शेयरलाई रद्ध गरी जम्मा १८,०५,४४० जना आवेदकहरु मार्फत प्राप्त जम्मा २,०१,९५,९१० कित्ता सेयर मध्यबाट २,५३,८९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ । 

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई २०७९ बैशाख २८ गते देखि जेष्ठ ०४ गते सम्म सार्वजनिक निष्काशन खुला गरेको रिभर फल्स पावर लिमिटेडको निष्काशन गरिएको कूल सेयर २७,३०,००० कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १,३६,५०० कित्ता तथा कर्मचारीहरुलाई २ प्रतिशत बराबर ५४,६०० कित्ता छुट्याई बाँकी रहेको २५,३८,९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमको करिब ८.४२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।