अहिलेसम्म ७२९ पालिकाको अन्तिम परिणाम, कुन दलले कति जिते ?

९ जेठ,  काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७२९ स्थानीय तहको अन्तिम नजिता आएको छ । 

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका ७२९ स्थानीय तहमध्ये ३२० पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । 

काँग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म १९९ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र) ले १२० पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगले जानकारी दिएको छ । 

हालसम्म जनता समाजवादी पार्टी नेपालले २९, लोसपाले १४, नेकपा (एकीकृत समाजवादी) ले १७, राप्रपाले ४, नागरिक मुक्ति पार्टीले ४, र स्वतन्त्रसहित अन्यले २१ पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।  

हाल भएको मतगणना अनुसार नेपाली काँग्रेस ६ पालिका प्रमुख/अध्यक्ष मा अगाडी छ भने एमाले ७ पालिकामा अगाडी रहेको छ ।

त्यस्तै माओवादी केन्द्र २ पालिकामा अगाडी छ भने एकीकृत समाजवादी २ र जसपा २, स्वतन्त्रसहित अन्य ३ पालिकामा अगाडी रहेका छन् । 

यस्तै हालसम्म अन्तिम नतिजा आएका ७२९ पालिकाको उपप्रमुख/उपाध्यक्ष मध्ये कांग्रेसले २९५  जितेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै एमालेले २२८ पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १२६ उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यसैगरी जसपाले ३०,  एकीकृत समाजवादीले २१, लोसपाले ११ र अन्यले १८ उपप्रमुख/उपाध्यक्ष जितेका छन् ।