काठमाडौँको जारी मतगणनामा कुन वडामा कसले कति मत पाए ?

८ जेठ,  काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट ( आइतबार साँझ ५:४५ बजे ) अनुसार बालेन शाहले ४१ हजार ५२२ मत ल्याएर अग्रता बनाइरहेका छन् । 

बालेन काँग्रेस उम्मेदवार सिर्जना सिंहभन्दा १७ हजार ३३८  मतले अगाडी रहेका छन् । सिंहले २४ हजार १८४ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेबाट उम्मेदवार बनका केशव स्थापितले २३ हजार २४६ मत प्राप्त गरेका छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, ६, ७, ८, २४, २७, २८, २९, ३०, ३१ र ३२  को मतगणना सकिएको छ भने अहिले वडा नम्बर ९, १०, ११, १२, १३, २२, २३, २५, २६ को मतगणना भैरहेको छ ।

काठमाडौँ महानगरमा अहिलेसम्म एक लाख १८ हजार २५७ मत गणना भएको र अब ७२ हजार ९२९ मत गणना बाँकी रहेको निर्वाचन कार्यलयले जानकारी दिएको छ । कूल मतदाता तीन लाख २४२ रहेको काठमाडौँ महानगरमा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ । 

मत गणना जारी रहेका वडा:

वडा नम्बर ९  (गौशाला)

लौरो- २३०२    
रुख- ९५८     
सुर्य- ७७०    

वडा नम्बर १० (बानेश्वर)

लौरो- १७०६    
रुख- ९२५    
सुर्य- ६९७    

वडा नम्बर ११ (त्रिपुरेश्वर)

लौरो- ९७३    
रुख- ९२५  
सुर्य- ५९५      

वडा नम्बर १२ (टेकु)

रुख- ७३६   
सुर्य- ५४५  
लौरो- ३७६  

वडा नम्बर १३ (कालिमाटी)

लौरो- ५५
सुर्य- ४४ 
रुख- २३ 

वडा नम्बर २२ (टेवबहाल)

रुख- १०७ 
सुर्य- ९१ 
लौरो- ७४ 

वडा नम्बर २३ (ओमबहाल)

सुर्य-४४७  
रुख- ३६५  
लौरो- २९२   

वडा नम्बर २५ (जनबहाल)   

सुर्य- ९७८    
रुख- ७७१      
लौरो- ७१३  
  
वडा नम्बर २६  (लैनचौर)

लौरो- १६८४   
रुख- १०१०    
सुर्य- ९४२