बंगलादेश, म्यानमार र ओमानका लागि प्रश्तावित राजदुतहरुको नाम अनुमोदन

८ जेठ, काठमाडौँ । संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रश्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ ।

आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रश्तावित त्रय राजदुत क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले नेपाल सरकारद्वारा बंगलादेश, म्यानमार, ओमानका लागि नेपाली राजदुतको पदमा नियुक्तिको लागि प्रश्तावित क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्यसञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको घोषणा गर्नुभयो ।

समिति सभापति कर्णले भन्नुभयो, ‘मान्य सदस्यहरु नेपाल सरकारद्वारा बंगलादेश, म्यानमार, ओमानका लागि नेपाली राजदुतको पदमा नियुक्तिको लागि प्रश्तावित क्रमशः श्री घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्यसञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको घोषणा गर्दछु ।’

समितिको बैठकमा बंगलादेशका लागि प्रश्तावित राजदुत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रृत्तिमा अध्ययनरत नेपालीहरुको संख्यालाई बढाउने र त्यहाँ देखिएका नेपालीहरुको समस्या समाधानमा केन्द्रित हुने बताउनु भयो । उहाँले नेपाली विद्यार्थीहरुलाई उच्च स्तरको विश्वविद्यालयमा अध्ययन गर्न पाउने व्यवस्थामा जोड दिने, छात्रवृत्तिबाहेकका भिसामा बंगलादेश गएका विद्यार्थीहरुको समस्या समाधान गर्ने र उचित पराकर्श पाउनुपर्ने व्यवस्थामा जोड दिने बताउनु भयो । उहाँले नेपाल र बंगलादेशको सार्वजनिक कुटनीति र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पहल गर्ने पनि बताउनु भयो । उहाँले नेपालको शान्तिपूर्ण लोकतान्त्रिक, समावेशी मुलुकको पहिचानलाई थप प्रवद्र्धन गर्नेमा पनि विशेष पहल गर्ने बताउनु भयो ।

प्रश्तावित राजदुत भण्डारीले भन्नुभयो, ‘बंगलादेश नेपालले लिने सहयोग भनेको शिक्षा क्षेत्र हो । त्यहाँ करिव ४ हजार भन्दा बढी नेपाली विद्यार्थीहरु अध्ययनरत हुनुहुन्छ । ती विद्यार्थीहरु सानो संख्यामा बंगलादेश सरकारले दिने छात्रवृत्ति प्राप्त गरेर गएको हुनुहुन्छ भने धेरैजसो आफ्नो खर्चमा पढ्ने विद्यार्थीहरु हुनुहुन्छ । हरेक वर्ष बंगलादेश सरकारले १९ जना मेडिकल क्षेत्रमा र तीन जना इन्जिनियरिङ क्षेत्रमा स्कलरसीप दिने गर्छ । २२ जना बाहेकका विद्यार्थीहरु भने आफ्नो खर्चमा पढ्न जानुहुन्छ । त्यहाँ विद्यार्थीहरुले विशेष तीन किसिमका समस्या छन् । उचित परामर्र्श यहाँबाट जाँदा नै नहुने, क्वालिटीका विश्वविद्यालयमा अध्ययन गर्न नपाएर सामान्य विश्वविद्यालयमा अध्ययन गर्ने, जसका कारण परेका समस्या, अर्को समस्या भिसाको हो । यहाँबाट रेगुलर प्रक्रियाबाट युनिभर्सिटीमा भर्ना पाएभने बंगलादेशको यहाँको एम्बेसीले ४ वर्षको भिसा एकैपटक दिने तर अन्य कुनै भिसामा गएर बंगलादेश अध्ययन गरेपछि भिसाको समस्या छ । हामीले नेपाल र बंगलादेशको कुरा गर्दा सार्वजनिक कुटनीति, जनस्तरको सम्बन्धलाई बिर्सिनु हुँदैन । मैले त्यहाँ राजदुतको रुपमा काम गर्न पाए नेपालको शान्तिपूर्ण लोकतान्त्रिक, समावेशी मुलुकको पहिचान छ, त्यसलाई थप प्रवद्र्धन गर्नेछु ।’

त्यस्तै म्यानमारका लागि प्रश्तावित नेपाली राजदुत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले म्यान्मारस्थित नेपाली राजदुतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धी सूचना, जानकारीको शीघ्र र निरन्तर रुपमा प्रवाह गर्ने कुरामा जोड दिने बताउनु भयो । प्रश्तावित राजदुत घिमिरेले बुद्धको ज्ञानको सन्देश प्रवाह गर्न म्यानमारमा बुद्ध सम्बन्धी विचार गोष्ठीको आयोजना गर्ने, बुद्ध र बौद्ध दर्शनलाई प्रवद्र्धन गरी धार्मिक पर्यटनको व्यवस्थापन र प्रवद्र्धन गर्न नेपाल–म्यानमार सामुहिक बौद्ध पर्यटन समितिको स्थापना गर्न पहल गर्ने पनि बताउनु भयो । उहाँले म्यानमारका पर्यटकहरुको बसाइ अवधि लम्ब्याउन काठमाडौं–याङयोङ, भैरहवा–याङयोङ भैरहवा–माण्डले सिधा हवाई सेवा सञ्चालनको लागि पहल गर्नेछु । बौद्ध धर्म अध्ययन गराउने म्यानमारका विश्वविद्यालयहरुमा थप नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिलाउन पहल गर्ने कुरामा जोड दिने बताउनु भयो ।

प्रश्तावित राजदुत घिमिरेले भन्नुभयो, ‘राजदुतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धी सूचना, जानकारीको शीघ्र र निरन्तर रुपमा प्रवाह गर्ने । म्यानमारमा बौद्ध धर्मावलम्वी पर्यटकहरुको आस्था र आकर्षणको केन्द्रबिन्दु लुम्बिनी, बौद्धनाथ, स्वयम्भूनाथ आदिको विशेष प्रचारका लागि बुद्धको जन्मभूमि लुम्बिनीलाई म्यानमारमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड एवं लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्नेछु । बुद्धको ज्ञानको सन्देश प्रवाह गर्न म्यानमारमा बुद्ध सम्बन्धी विचार गोष्ठीको आयोजना गर्नेछु । बुद्ध र बौद्ध दर्शनलाई प्रवद्र्धन गरी धार्मिक पर्यटनको व्यवस्थापन र प्रवद्र्धन गर्न नेपाल–म्यानमार सामुहिक बौद्ध पर्यटन समितिको स्थापना गर्न पहल गर्नेछु । म्यानमारका पर्यटकहरुको बसाइ अवधि लम्ब्याउन काठमाडौं–याङयोङ, भैरहवा–याङयोङ भैरहवा–माण्डले सिधा हवाई सेवा सञ्चालनको लागि पहल गर्नेछु । बौद्ध धर्म अध्ययन गराउने म्यानमारका विश्वविद्यालयहरुमा थप नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिलाउन पहल गर्नेछु ।’

त्यस्तै ओमानका लागि प्रश्तावित नेपाली राजदुत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौताहरु कार्यान्वयन गर्न विशेष पहल गर्ने बताउनु भयो । उहाँले थाँती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरुलाई अघि बढाउन र दिव्पक्षीय सहयोग सम्झौताहरु कार्यान्वयन गर्न पनि पहल गर्ने बताउनु भयो । उहाँले नेपालमा ओमानको राजदुतावास खोल्नको लागि पनि पहल गर्ने, हाल विचाराधीन रहेको श्रम, सम्झौतालाई अन्तिम रुप दिन पहल गर्ने, दक्ष र व्यवसायीक जनशक्तिका लागि वैदेशिक रोजगारीका अवसरहरु खोजी गर्ने कुरामा विशेष जोड दिने पनि बताउनु भयो ।

प्रश्तावित राजदुत अर्यालले भन्नुभयो, ‘हालसम्म सम्पन्न भएका सम्झौताहरुको कार्यान्वयन र नयाँ सम्झौता गर्ने विषयहरु पनि महत्वपूर्ण छन् र बिसीएमको सम्झौता ग¥यौं, यसको पहिलो बैठक पनि हुन सकेको छैन, त्यसलाई कार्यान्वयन गर्न पहल गर्नेछु । त्यस्तै पाइपलाइनमा भएका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरुलाई अघि बढाउनेछु । दिव्पक्षीय सहयोग सम्झौताहरुको बैठक २०१७ मा समmदारी पत्रमा हस्ताक्षर नभएको हुनाले यसलाई यथासक्य छिटो गर्न पहल गर्नेछु । नेपालमा ओमानको राजदुतावास खोल्नको लागि पनि पहल गर्नेछु । हाल विचाराधीन रहेको श्रम, सम्झौतालाई अन्तिम रुप दिन पहल गर्नेछु । दक्ष र व्यवसायीक जनशक्तिका लागि वैदेशिक रोजगारीका अवसरहरु खोजी गर्नेछु । यो अवसरलाई यथाशक्य बढी कुटनीतिक नियोगका प्रमुखहरु र त्यहाँका सरकारी निकायका प्रमुखहरु भेटेर हामीले कसरी ओमानबाट नेपालको हीतमा कार्यहरु गर्न सकिन्छ भन्ने कुरामा म विशेष जोड दिनेछु ।’

प्रश्तावित राजदुत अर्यालले नेपाली श्रमीक बढी भएको क्षेत्रमा हरेक वर्ष अन्तरक्रिया कार्यक्रम गरी समस्या समाधानमा जोड दिने, राजदूतावासमा रहेको सेल्टरलाई व्यवस्थित बनाउने र ठाउँ थप्ने पनि कार्य योजना रहेको बताउनु भयो । उहाँले रोजगारीको सम्बन्धमा अफ्ठ्यारोमा परेका कामदारलाई तत्काल उद्धारका लागि हट लाइनको व्यवस्था गर्ने, व्यापार प्रवद्र्धनमा जोड दिने, नेपालको हाइड्रोपवरको क्षेत्रमा ओमानले लगानी गर्न चाहेकोले त्यस क्षेत्रमा लगानी भित्र्याउन जोड दिने र पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्ने योजना रहेको पनि बताउनु भयो ।