युक्रेनद्वारा युद्धविराम अस्वीकार

८ जेठ,  किएभ । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ ।

{“caption”:”\u0930\u0941\u0938\u0940 \u0909\u091a\u094d\u091a \u0905\u0927\u093f\u0915\u093e\u0930\u0940\u0939\u0930\u0942\u0938\u0901\u0917\u0915\u094b \u0935\u093e\u0930\u094d\u0924\u093e\u092e\u093e \u091c\u093e\u0928\u0941\u0905\u0918\u093f \u092c\u0947\u0932\u093e\u0930\u0941\u0938\u0915\u094b \u0917\u094b\u092e\u0947\u0932 \u0915\u094d\u0937\u0947\u0924\u094d\u0930\u092e\u093e \u092f\u0941\u0915\u094d\u0930\u0947\u0928\u0940 \u0930\u0915\u094d\u0937\u093e\u092e\u0928\u094d\u0924\u094d\u0930\u0940 \u0913\u0932\u0947\u0915\u094d\u0938\u0940 \u0930\u0947\u091c\u094d\u0928\u0940\u0915\u094b\u092d\u0932\u0917\u093e\u092f\u0924\u0915\u094b \u091f\u094b\u0932\u0940 \u0964 \u0924\u0938\u094d\u092c\u093f\u0930 : \u090f\u092a\u0940″,”photographer”:””,”alt_text”:””}

रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो । 

रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ ।

रुसी–समर्थित पृथकतावादीहरूले फेब्रुवरी २४ मा आक्रमण गर्नु अघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसकेका भए पनि  मस्कोले युक्रेनको नियन्त्रणमा रहेको डोनबास कब्जा गर्न चाहेको छ । 

रुसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क सहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको दुष्प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताए छ ।  

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धबिराममा सहमत हुन अस्वीकार गर्दै किएभले मस्कोसँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट गरेका छन् ।  

युद्ध नरोकिने बताउँदै उनले त्यसो गर्दा मस्कोले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने युक्रेनका प्रमुख वार्ताकार पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा भएको अन्तर्वार्तामा रोयटर्सलाई बताए । यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र इटालीका प्रधानमन्त्री मारियो ड्राघीबाट तत्काल युद्धविरामको लागि आह्वान गरेकी छन्  ।