भरतपुरमा रेनुको अग्रता बढ्यो, विजयको भन्दा ३४३२ मत बढी

६ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाइरहेकी छन् ।
पछिल्लो मत गणना अपडेट अनुसार रेनुले २३ हजार १५४ मत ल्याएर अग्रता कायम राखेकी छन् । सुवेदीले १९ हजार ७२२ मत ल्याएकी छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५१३ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २५ हजार ३९२ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १५ हजार ५३८ मत ल्याएकी छन् ।

प्रतिकृया दिनुहोस्