कांग्रेस प्रवेश गर्दै तयारीमा बालेन !

५ जेठ, काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ लाई कांग्रेसले पार्टी प्रवेश गराउने तयारी गरेको छ।
काठमाडौं महानगरपालिको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएर निरन्तर अग्रता बनाइरहेका बालेनलाई कांग्रेसले पार्टीमा भित्र्याउने तयारी गरेको छ। त्यसका लागि छलफल समेत अघि बढिरहेको छ।
एक्कासी उदाएका यी बालेनले महानगर कसरी हाँक्लान् भन्ने चर्चा भइरहँदा उनलाई कांग्रेसमा स्वागत गर्ने प्रयास सुरु भएको छ ।
पालिकाको हरेक नीति तथा कार्यक्रम, बजेट, ऐन, नियम, नियमावली स्वीकृतका लागि वडा अध्यक्षहरूको मुख्य भूमिका हुन्छ ।
स्थानीय तह अर्थात स्थानीय सरकारमा वडाध्यक्षहरूको मन्त्रीको भूमिका हुन्छ । वडा सदस्यहरू नगरसभाका सदस्य हुन् ।
कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार कांग्रेसका तर्फबाट महामन्त्री गगन थापाले बालेनसँग संवाद अघि बढाएका छन् ।
कांग्रेसले भने बालेनले जित्ने निष्कर्ष निकालिसकेको छ । बुधबार महामन्त्री थापाले एक सार्वजनिक कार्यक्रममा बालेनले पाइरहेको मतको प्रशंसा गर्दै महानगरवासीको फैसलालाई सम्मान गरेर जानुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्