पल शाहकी बहिनीले दुईजनाको बिहे गरिदिने जिम्मा लिएपछि…

५ वैशाख, काठमाडौं । कलाकार पल शाहले ब’लात्कार गरेको आ’रोप लगाउँदै अदालत गएकी बालिकाले अदा’लतमा ब’यान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट ब कपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि बला’त्कार नभएको बयान दिएकी छन् ।

नाबा’लिकाको पक्षबाट मु’द्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि उनले बयान फेरेकी हुन् । अदालत समक्ष उनले शाहले आफूलाई कर’णी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जा’हेरीमा सारेको, अरुको उ’क्साहटमा जा’हेरी दिएको बताएकी छन् ।

‘केही दिन पहिले पल शाहकी बहिनीले गायिका र उनको परिवारलाई भेटिछन् । धरधरी रोएर ‘मेरो दाइलाई छुटाइदिनुस्, दुईजनाको बिहे गरिदिने जिम्मा मेरो भयो’ भनिछन्,’ ती कानुन व्यवसायीले भने, ‘परिवारको र नाबा’लिकाको पनि मन पग्लिएछ क्यारे ।

बिहान अदालन जाने बेला बयान फेर्दैनौं भनेरै गएका हुन् ।’ जब’र्जस्ती क’रणीको मु’द्दामा जाहे’रीकर्ता बयान फेर्दा हुने कानुनी कार’बाहीको बारेमा नाबालिका र उनको परिवारलाई पटकपटक सम्झाइबुझाई गरे पनि अहिले ब’यान फेर्नुले आफूलाई समेत अचम्मित तुल्याएको ती कानुन व्यवसायीले बताए ।