बर्नलीमाथि म्यानचेस्टर सिटीको सहज जित, शिर्ष स्थानमा उक्लियो

२० चैत, काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले बर्नलीलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुने र इके गुनडोगनले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी ३० खेलमा ७३ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा लिभरपुल ३० खेलमा ७२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी बर्नलीको भने २८ खेलमा २१ अंक रहेको छ र लिगमा १९औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्