रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला !

१८ चैत, मस्को । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् ।
व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो ।’
आगोले इन्धनको भण्डारमा आगो लागेको रुसी राज्य मिडिया तासले रुसको आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
आगलागीमा डिपोका दुई कर्मचारी घाइते भए पनि उनीहरूको ज्यान खतरामा नभएको ग्लाडकोभले बताएका छन् । डिपो वरपरका बासिन्दाहरूलाई विस्थापित भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्