रुस-युक्रेन वार्ता सकारात्मक, पुटिन र जेलेन्स्कीबीच भेट हुनसक्ने !

१५ चैत, काठमाडौँ । रुस र युक्रेनका प्रतिनिधिबीच मंगलबार टर्कीको इस्तानबुलमा भएको वार्तामा सकारात्मक प्रगति देखिएको छ । इस्तानबुलमा रुस(युक्रेन वार्तामा रुसले कीभको नजिक तथा उत्तरी शहर चेर्निहीभबाट आफ्ना सैनिक कटौती गर्ने प्रस्ताव गरेको छ भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शान्तिवार्ताको प्रारम्भिक चरणपछि भेट हुने सम्भावना रहेको बताएको छ ।

पहिलो चरणमा विदेशमन्त्री स्तरीय शान्तिवार्तापछि पुटिन र जेलेन्स्कीबीच भेट हुनसक्ने रुसी सरकारी मिडियाहरुले उल्लेख गरेका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस अघि पटक पटक पुटिनसँग आफुले सिधै वार्ता गर्न प्रस्ताव गरेका थिए ।

रुसी वार्ता टोलीका प्रमुख भ्लादमिर मेडिन्स्कीले वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएको आरआइएले उल्लेख गरेको छ ।

वार्तामा रुसी प्रतिनिधिमण्डलले पहिलो दिनको वार्तापछि युक्रेनतर्फको द्वन्द्वलाई कम गर्न दुई चरणको घोषणा गरेको छ ।

रुसी सरकारी समाचार एजेन्सी आरआईएले रुसी उपरक्षा मन्त्री अलेक्ज्याण्डर फोमिनले कीभमा सैन्य गतिविधि कम गर्ने बताएको उल्लेख गरेको छ ।

उपरक्षामन्त्री फोमिनले भनेका छन्( ुयुक्रेनको तटस्थता र गैर(आणविक स्थिति सम्बन्धी सम्झौताको तयारीका साथै युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने सम्बन्धी वार्ताहरू आजको बैठकमा छलफल गरिएका सिद्धान्तहरूलाई ध्यानमा राख्दै आपसी विश्वास बढाउन र थप वार्ताका लागि आवश्यक सर्तहरू सिर्जना गर्न रूसी संघको रक्षा मन्त्रालयद्वारा सैन्य गतिबिधिलाई मौलिक रूपमा घटाउने निर्णय गरिएको छ ।ु

यसअघि युक्रेनको सशस्त्र बलका जनरल स्टाफले यसअघि रुसको सेनाका केही इकाइहरू राजधानी कीभ र उत्तरी सहर चेर्निहिभबाट हटिरहेको दाबी गरेका थिए ।

वार्ता बारे युक्रेनी प्रतिनिधिमण्डलले पनि वार्ता सकरात्मक भएको बताएको छ । वार्ता टोलीको नेतृत्व गरिरहेका युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच भएको वार्तामा पुटिन र जेलेन्स्कीबीचको भेटका लागि पर्याप्त प्रगति भएको बताएको सिएनएनले उल्लेख गरेको छ ।

दुई पक्षबीचको वार्ता सकिएपछि इस्तानबुलमा बोल्दै पोडोल्याकले अब दुई राष्ट्रपतिबीच भेट हुने सम्भावना रहेको बताएका छन् । पोडोल्याकले दुई पक्षहरू बीचको वार्ता २४ घण्टा अनलाइनमा जारी रहने बताएका छन् । उनले युक्रेनलाई स्पष्ट कानुनी प्रतिबद्धता चाहिएको बताएकाछन् ।

पोडोल्याकले भनेका छन्( ुरूसी प्रतिनिधिमण्डल रचनात्मक र सचेत देखिएका छन् । यसको मतलब यो होइन कि वार्ता सजिलो छ । तिनीहरू धेरै गाह्रो छन् । तर रूसी पक्षले युक्रेनी प्रस्तावहरूमा ध्यान दिइरहेको देखिएको छ ।ु