मुम्बई इण्डियन्समाथि दिल्लीको शानदार जित

१३ चैत,  काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा दिल्ली क्यापिटल्सले विजयी शुरुवात गरेको छ ।

आइतबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजति गर्दै यस सिजनमा विजयी शुरुवात गरेको हो ।

मुम्बईले दिएको १७८ रनको लक्ष्य पछाएको दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा ललित यादवले सर्बाधिक ४८ रन बनाए भने अक्सर पटेल र पृथ्वी शा ले ३८-३८ रन बनाएका थिए । त्यस्तै टिम सेइफेर्टले २१ र श्रदुल ठाकुरले २२ रन बनाएका थिए ।

मुम्बईका बलर बसिल थम्पीले ३ विकेट लिए भने मुरुगन आश्विनले २ विकेट लिएका थिए ।   

यसअघि इशान किशनले शानदार ब्याटिंग गरेपछि मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई १७८ रनको लक्ष्य दिएको थियो ।

आइपिएलको सय सिजनको दोस्रो खेल अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको मुम्बई इण्डियन्सले २० ओभरमा ५ विकेट गुमाउदै १७७ रन बनाएको हो ।

मुम्बईका लागि इशानले ४८ बलमा ८१ रन बनाएका थिए । इशानले आफ्नो पारीमा ११ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै मुम्बईकालागि रोहित शर्माले ४१ रन बनाए भने तिलक बर्माले २२ तथा टिम डेभिडले १२ रन बनाएका थिए ।

त्यस्तै दिल्लीका बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने खलिल अहमदले २ विकेट लिए ।