निर्वाचन आयोगले सत्ताधारी दललाई फाइदा पुग्नेगरी मतपत्रको रङ बदल्योः ओली

१३ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दललाई फाइदा पुग्नेगरी मतपत्रको रङ बदलको भन्दै आपत्ति जनाएका छन्। 

आइतबार बसेको पार्टीको प्रथम स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनाव चिह्न हरियो रुखसँग मिल्नेगरी मतपत्रको रङ बदलिएको आरोप लगाएका हुन्। 

‘यसमा हामीले आपत्ति जनाउनु्पर्छ, निर्वाचन आयोगले यस्ता क्रियाकलाप गर्न मिल्दैन’, ओलीले भने, ‘निर्वाचन आयोग किन त्रुटि सच्याउन तयार छैनरु’