भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन सकिएन : स्वास्थ्य मन्त्री खतिवडा
८ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिन सरकारका कारणले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ ।

मंगलवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भएपनि विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताउनुभएको हो । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेलामा यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमती गराउने प्रयास गर्ने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘चिनले गर्छु भनेको आँटमा हामीले यो अगाडी सारेका हौँ । सत्य कुरो के हो भन्दा चिनले दिन्छ भन्ने आँट र आशमा हामीले यसलाई अगाडी बढायौँ । विभिन्न कारणले डिस्टर्ब भयो । कोरोना आएर डिस्र्टब भयो । अब यसलाई हामी अगाडी बढाउँछौँ । मलाई लाग्छ परराष्ट्रमन्त्रीको भ्रमण पर्सि २५ गते यो एजेण्डालाई हामीले प्रवेश गर्न सक्यौँ र परराष्ट्र मन्त्री मार्फत् चिनियाँ सरकारलाई सहमती गराउने स्थितिमा पुग्यौँ भने यो प्रोजेक्ट अगाडी बढ्छ, बढाउनुपर्छ । यदी कारणवश भएन भने, लुरे तालले भएपनि, ताते जस्तोगरेर हिडेर भएपनि नेपाल सरकार आफैँले पनि जसरी निजगढको फाष्टट्रयाक आफैले आँट गरेर सुरु गरेको थियो जतिसुकै छुट्याएर यसलाई प्रारम्भ गर्दै काम सुरु गर्दै, दाता पनि खोज्दै, सहयोगी पनि खोज्दै हामी अगाडी बढ्नुपर्छ । आशालाई निराशामा परिणत हुन हामी दिदैनौँ । तपाईहरुलाई म विश्वास दिलाउन चाहान्छु ।’
उहाँले चिन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरु पनि खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्