कलाकारले मनाए चित्र बनाएर फागु पर्व
४ चैत, काठमाडौं । रङहरुको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरुले भने रङको कलाकृति बनाएर छुटै तरिकाले फागु पर्व मनाएका छन् ।
रंगहरुको पर्व फागु पर्वको अवसरमा विभिन्न कलाकार तथा साहित्यकारहरुले विशेष चित्रकला कार्यशाला आयोजना गरि फागु पर्व मनाएका छन् । होली पनि भनिने फागुमा रंगमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ । तर, कलाकारहरुले उक्त रंङ साटसाट गरेर नभई रंङले विभिन्न प्रकृती,संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाउनु भएको हो । विशेष चित्रकला कार्यशाला कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के कर्माचार्यले विभिन्न फरक फरक विधाका कलाकारहरुले रंङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताउनु भयो । उहाँले नेपालमा रंगकर्मी भनेर नित्य विधाका कलाकारलाई भन्ने गरेको तर नित्य विधाका कलाकारलाई नभएर ललितकलालाई रंगकर्मी भन्नु पर्ने बताउनु भयो । नित्य विधालाई रंगकर्मी नभएर मञ्चकर्मी भन्न मिल्ने कमार्चायको भनाई छ ।
उहाँले भन्नुभयो,‘ आज भएको कार्यक्रम विशेष छ । कलाकारहरु जम्मा भएर रङगको पर्व बनाउने कार्य हुँदै आएको हो । यो वर्ष साहित्य ,संगीत , हास्य विधाका कलाकारहरुको कलाकृति सृजना गर्नुभयो। यो कार्य एतिहासिक भन्ने गरको छु । धेरै विधाका कलाकारहरुले राम्रो कलाकृति बनाउनु भयो । रङकर्मी भनेको हामीले नित्यसँग सम्बन्धित भन्छौं । रङकर्मी भनेर ललितकला कर्मीलाई भन्नुपर्छ । जनु नित्य क्षेत्रका कलाकर्मीहरुलाई मञ्चकर्मी भन्न सुहाउँछ । आज कलाकारहरुले रङलाई खेलेर विभिन्न कलाकृतिहरुको सृजना गर्नु भयो । त्यसले होली मनाउने परम्परा छ । फरक ढङगले मनाएको महशुस भयो । आज जसरी हामीले अगाडि बढयौं । आगामी दिनमा अझ ननप्रोफेसलन कलाकारहरुलाई बढी सहभागी गराएर माहोल कलामय बनाउन सकिने देखे मैले । चित्रकार भएकाले गाउँकला मय, देशै कलामय होस भन्ने चाहाना हाम्रो रहेको छ ।
कर्माचार्यले होलीलाई रंङसँग झुमेर मात्रै नभएर रंङकै कलाकृति बनाएर पनि मनाउन सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो । उहाँले रंङ दलेर मनाउने फागु पर्व फरक ढङगले पनि मनाउन सकिने बताउनु भयो । त्यस्तै, बरिष्ठ साहित्कार डा. राम प्रसाद ज्ञवालीले आफुले पहिलो पटक चित्र बनाउँदा रोमाञ्चक अनुभव गरेको े बताउनु भयो । उहाँले चित्र बनाउँदै गर्दा एउटा कलाकारले मनोरञ्जनका लागि मात्रै कला प्रस्तु गर्ने होला की कलाले समाज परिर्वतनको लागि भूमिका खेल्न सक्लाकी नसक्ला भन्ने भावना मनमा लागेको बताउनु भयो ।
त्यस्तै, स्पेक्ट्रम कला संस्थाका अध्यक्ष ईन्द्र श्रेष्ठले विगत आठ वर्ष देखि काठमाडौं उपत्यका लगायत बाहिरी जिल्लाहरुमा कार्यशाला गदै आएको बताउनु भयो ।
स्पेक्ट्रम कला संस्थाले फागु पर्व जस्तै बिभिन्न पर्व अवसरमा फरक विधाका कलाकार सहित चित्रकला कार्यशाला गर्ने बताएको छ ।
प्रतिकृया दिनुहोस्