राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित, के गर्न पाइन्छ के पाइँदैन ? (पूर्णपाठसहित)

४ चैत, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’
आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । आचारसंहितामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
हेर्नुहोस् राजपत्रमा प्रकाशित आचारसंहिता :

प्रतिकृया दिनुहोस्