पर्यटनमन्त्रीसँग एडिबीका महानिर्देशकको भेट

२ चैत, काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग एसियाली विकास बैंक (एडिबी) का महानिर्देशक केनिची योकोयामाले आज भेटवार्ता गर्नुभएको छ ।

त्यसअवसरमा उहाँहरुबीच नेपालको पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासका नयाँ परियोजना बनाउने सम्बन्धमा विचारविमर्श भएको थियो । महानिर्देशक योकोयामाले बैंकले नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

मन्त्री आले र महानिर्देशक योकोयामाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे पनि कुराकानी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।