नेपालमा कोरोनाबाट थप ७३ संक्रमित, १९२ जना डिस्चार्ज

२८ फागुन,  काठमाडौँ । नेपालमा थप ७३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३० र एन्टीजेन परिक्षणबाट ४३ गरि कुल ७३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.३ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २३८ पिसिआर र २८२४ नमुना एन्टीजेन परिक्षण गरि कुल ५ हजार ६२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५० पुगेका छन् ।

पछिल्लो कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।