कुखुराको मासुको मूल्य ह्वात्तै बढ्यो
२८ फागुन, काठमाडौं । एक साता नबित्दै फेरी पनि ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ ।

किलोमा १० रुपैयाँले बढेर प्रतिकिलो ४२० रुपैयाँ पुगेको हो । बजारमा कुखरा अभाब भएका कारण मासुको मूल्य बढेको हो । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार आजबाट काठमाडौं उपत्यका वरपर अहिले ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको हो ।
काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ । कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको हो ।
गत महिना मुलुकका बिभिन्न ठाउँमा बर्डफ्लु देखिएपछि व्यवसायीले उत्पादन घटाएका थिए। अघिल्ला वर्षमा बर्डफ्लु देखिँदा बजारमा मूल्य घट्ने गरेको थियो। यसपटक घटेन। कोरोना संक्रमण घटेर जनजीवन सामान्य हुँदै जाँदा होटल-रेष्टुरेन्टहरु खुलेका छन्। कुखुराको मासुको माग बढेको छ।
कोभिड संक्रमणका त्रासले रोकिएका विभिन्न क्षेत्रको कार्यक्रमहरु हुन थालेका छन्। खपत परिमाण बढेको छ। बजारमा कुखुराको आपूर्ति मागभन्दा कम छ।
व्यवसायीका अनुसार अहिले बजारको दैनिक माग ५ लाख केजी छ। पोल्ट्रीहरुले आधाभन्दा बढी आपूर्ति गर्न सकेका छैनन्। अन्तर्राष्ट्रिय बजारमा बढेको महँगीको असर बिस्तारै पोल्ट्री व्यवसायमा पनि परेकाले भाउ अझ उक्लिन सक्ने व्यवसायीको अनुमान छ।

प्रतिकृया दिनुहोस्