नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा उक्लियो

२३ फागुन, काठमाडौं । नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति नापोली घरेलु मैदानमा भएको  खेलमा एसी मिलानले नापलीलाई १-० अन्तर गोलले पराजित गरेको हो । भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । 

जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । 

पराजित नापोली २८ खेलबाट ५७ अंक सहित तेस्रो स्थानमा छ । 

राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० अन्तरले पराजित गरेको छ ।