उपत्यकामा आज थप ६१७२ संक्रमित

११ माघ,  काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१७२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ४८७५   जना, ललितपुरमा ७८२ जना र भक्तपुरमा ५१५ जना गरि कुल ६१७२ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ५६ हजार ८८२ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ४१ हजार ६३३, ललितपुर जिल्लामा ९ हजार ६६८ र भक्तपुर जिल्लामा ५ हजार ५८१ रहेका छन् ।