नेप्सेमा सामान्य गिरावट
११ माघ, काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस साता लगातार घटेको नेप्से मंगलबार ५.९२ अंकले घटेर २५१४.७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
त्यस्तै मंगलबार २२९ कम्पनीको ७२ हजार ४०१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्सुरेन्सको भएको छ । यस कम्पनीको आज २६ करोड ९४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै आज अपि हाइड्रोको २२ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका जीवन वीमा बाहेक सबै उपसूचकको मुल्य घटेको छ । नेप्सेका अनुसार आज सबै उपसूचकको मुल्य एक प्रतिशत भन्दा कमले घटेको छ भने जीवन बीमा उपसूचकको मुलत ०.३९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज वीन नेपाल लघु वित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ भने बुद्ध भूमि नेपाल हाइड्रोको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कृषि विकास बैंकको डेभेन्चरको शेयर मुल्य सबैभन्दा बढी ८.३४ प्रतिशतले घटेको छ ।
प्रतिकृया दिनुहोस्