१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आज नेपाल आइपुग्ने

१० माघ, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा सोमबार साँझ आइपुग्ने भएको छ ।
आज साँझ ७ बजे १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अधिकृत बडेबाबु थापाले बताए । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सो खोप दिइनेछ ।
कोभ्याक्स सुविधामार्फत खरिदमा मोडर्ना खोप नेपाल ल्याउन लागिएको अधिकृत थापाले बताए ।

प्रतिकृया दिनुहोस्