पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४६७६ जना कोरोना संक्रमित थपिए

Pedestrians wearing masks as a protective measure as they walk on a street in Kathmandu, on Monday. Nepalis have become wary after coronavirus was confirmed in the country Photo: Naresh Shrestha/THT

१० माघ,  काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४६७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ३६३४   जना, ललितपुरमा ५८७ जना र भक्तपुरमा ४५५ जना गरि कुल ४६७६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ५२ हजार ८४२ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३८ हजार ५८१, ललितपुर जिल्लामा ९ हजार ५१ र भक्तपुर जिल्लामा ५ हजार २१० रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८ हजार ५४ र एन्टीजेन परिक्षणबाट २२६५ गरि कुल १० हजार ३१९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५४० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.७ रहेको मन्त्रालयले जनाएको छ ।