नेपालमा २४ घण्टामा १० हजार ३१९ संक्रमित थपिए, ४ जनाको मृत्यु

१० माघ,  काठमाडौँ । नेपालमा थप १० हजार ३१९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८ हजार ५४ र एन्टीजेन परिक्षणबाट २२६५ गरि कुल १० हजार ३१९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५४० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १४९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ६५४ पिसिआर र ४५४७ नमुना एन्टीजेन परिक्षण गरि कुल २१ हजार २०१ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८२ हजार ५५० पुगेका छन् । त्यस्तै आइसीयुमा २३८ जना छन् भने देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १७७१ जना छन् भने होम आइसोलेसनमा ८० हजार ७७९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।