मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्यो

१० माघ,  काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन ।

यस्तै, सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् ।