तालिबान र पश्चिमा राष्ट्रका अधिकारीहरुबीच भेटवार्ता हुने

१० माघ, काठमाडौं । तालिबान र पश्चिमा राष्ट्रका अधिकारीहरुबीच भेटवार्ता हुने भएको छ ।

अफगानिस्तानको सत्तामा तालिबान आएयता पहिलोपटक युरोपमा वार्ता हुन लागेको हो ।

नर्वेमा तालिबानका सदस्य र पश्चिमा राष्ट्रका अधिकारीबीच छलफल हुन लागेको बीबीसीले जनाएको  छ ।

तीन दिनसम्म हुने भनिएको वार्तामा अफगानिस्तानमा मानव अधिकार तथा मावनीय सङ्कटका सम्बन्धमा छलफल हुनेछ । संयुक्त राष्ट्रसङ्घका अनुसार अफगानिस्तानका ९५ प्रतिशत नागरिकले पर्याप्त मात्रामा खान पाएका छैनन् ।

बैठकको विरोधमा युरोपका विभिन्न ठाउँमा प्रदर्शन समेत भएका छन् । बैठकको बहानामा मानव अधिकारको उल्लङ्घन गर्ने तालिबानलाई ‘पुरस्कृत’ गर्न खोजिएको भन्दै विरोध भइरहेको हो।