चिडियाखाना एक हप्ताको लागि बन्द

१० माघ, काठमाडौं ।  कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सदर चिडियाखाना बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिनुभयो । एक हप्तापछिको अवस्था हेरेर फेरि निर्णय हुने उहाँले बताउनुभयो ।

अघिल्लो हप्ता मात्र चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको थियो । तर सङ्क्रमण बढ्दै गएपछि चिडियाखाना बन्द गरिएको हो ।