प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण

९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको पनि सचिवालयले जनाएको छ । केही दिनअघि प्रचण्डलाई पनि कोरोना पुष्टि भएको थियो ।