एसईईको परीक्षा प्रदेशस्तरीय गराउने बोर्डको तयारी

९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।

संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । ‘संविधानको मर्म अनुसार परीक्षाको व्यवस्थापन हुनपर्छ । अब हुने परीक्षाहरू त्यहीअनुसार व्यवस्था हुनुपर्छ भन्ने लाइनबाट धेरै कुराहरू भएका छन् ।’ उनले भने, ‘प्रदेशलाई व्यवथापकीय पक्षमा कसरी धेरै संलग्नता गराउने भन्ने छलफल भइरहेको छ । यही वर्षदेखि प्रदेशस्तरीय गराउने तयारीमा जुटेका छौं ।’

बोर्डले अब संघीय शिक्षा ऐन पनि त्यही अनुरुप बन्नुपर्छ भनेर काम गरिरहेको समेत शर्माले जानकारी दिए ।