भारतमा एकैदिन ३ लाख ३३ हजार संक्रमित, ५२५ जनाको मृत्यु
९ माघ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२५ जनाको मृत्यु भएको छ ।
भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १७.७५ प्रतिशत रहेको छ ।
त्यस्तै भारतमा एकै दिन २ लाख ५९ हजार १६८ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या २१ लाख नाघेको छ । अहिले भारतमा २१ लाख ८७ हजार कोरोनाका सक्रिय केस रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८८ हजार ७०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्