एमाले अध्यक्ष ओली दम्पतिलाई कोरोना संक्रमण

९ माघ,  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिलाई पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।

हाल ओली दम्पत्ति आफ्नो भक्तपुरस्थित बालकोट निवासमा आइसोलेसनमा छन् । पूर्वप्रधानमन्त्री ओलीलाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो ।

यसअघि आजै ओलीले समसामयिक विषयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम स्थगित गरिएको छ ।