सुनको मूल्य तीन सयले घट्यो

९ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ ।

गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा ३०० ले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार  गत साताको अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।