संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य हुन्छ- प्रधानमन्त्री देउवा

७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् । 

नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ ।