२४ घण्टामा १० हजार ७०३ संक्रमित थपिए

७ माघ,  काठमाडौँ । नेपालमा थप १०७०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८८१५ र एन्टीजेन परिक्षणबाट १८८८ गरि कुल १०७०३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१.४ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले १५४ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १८६१८ पिसिआर र ४४७४ नमुना एन्टीजेन परिक्षण गरि कुल २३०९२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ३७४ पुगेका छन् । त्यस्तै आइसीयुमा १९४ जना छन् भने देशभर ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १६४० जना छन् भने होम आइसोलेसनमा ६३ हजार ७३४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।