कोरोनाको तेस्रो लहरमा अहिलेसम्म ६ सय ७१ जना प्रहरी सङ्क्रमित

७ माघ, काठमाडौं । अहिलेसम्म नेपाल प्रहरीका ६ सय ७१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाको तेस्रो लहर सुरु भएपछि ६ सय ७१ जना प्रहरी सङक्रमित भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले सङ्क्रमित उनीहरुको स्वास्थ्य अवस्था जटिल नरहेको समेत बताउनुभएको छ । उहाँले सङ्क्रमित हुने प्रहरीको संख्या थपिँदै गए पनि नेपाल प्रहरीको काम प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिकृया दिनुहोस्